रवि र बालेनको वार्तामा अमरेशको ‘इन्ट्री’, सुदनले लगाए गेटको ताला
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साहबीच वार्ता चलिरहँदा पूर्व सांसद अमरेशकुमार सिंहको प्रवेश भएको छ । उनी केहीबेर अघि कुपण्डोलस्थित कुमार बेनको घरमा पुगेका हुन् ।
विगतमा बालेनको प्रशंसा गर्दै आएका सिंह ०७९ निर्वाचनमा काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेर जितेका थिए । उनलाई बालेनकै टिमले छलफलमा बोलाएको बुझिएको छ ।
अहिले भित्र वार्ता चलिरहँदा बाहिर भने जेनजी समूहको भीड लागेको छ । जेनजी नेता भनिएका ३७ वर्षे सुदन गुरुङले एक भिडियो सार्वजनिक गर्दै सहमति नजुट्दासम्म गेटको ताला नखोल्ने बताएका छन् ।
टिप्पणीहरू