मेयरलाई कपाल काट्दा गर्मी भएपछि एसी उपहार

मेयरलाई कपाल काट्दा गर्मी भएपछि एसी उपहार

हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामामाथि राज्य कोषको रकम जथाभावी खर्च गर्न खोजेको आरोप लागेको छ । एक सैलुनलाई सरकारी रकममा एसी र इन्भर्टर दिन लागेको भन्दै मेयर आलोचनामा परेकी छन् । 

बताइएअनुसार केही दिनअघि शीतलमहल चोकमा खुलेको द नाइन्टिन सैलुनको उद्धघाटन गर्न पुगेकी उनले कपालसमेत कटाएकी थिइन् । कपाल काट्दा काट्दै गर्मी भएपछि उनले एसी र इन्भर्टर उपलब्ध गराउने वाचा गरिन् । 

त्यसैको लागि मेयर लामाले रकम निकाशा गर्न तोकआदेश दिएपछि आलोचना शुरु भएको हो । मेयरले आफू निकटका व्यापारीलाई सरकारी बजेटमै एसी र इन्भर्टर दिन लागेको तर, अन्य पूर्वनिर्धारित योजना सम्पन्न गर्न नसकेको स्थानीयको भनाई छ ।

सैलुनका सञ्चालक सुसन घलानले हिजो मेयर लामालाई बुझाएको निवेदन पनि सामाजिक सञ्जालमा भाइरल छ । जसमा मेयरले ‘सैलुनमा गर्मी धेरै छ, म एसी जडानको लागि सहयोग गर्छु’ भनेको उल्लेख छ । 

मेयरले बहनेअनुसार आफूले निवेदन दिएको घलानले बताएका छन् ।

टिप्पणीहरू