सदनमा खोजी भैरहँदा कहाँ छन् गगन-विश्व ?
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा समसामायिक राजनीतिक विषयमा खरो टिप्पणी गर्ने सांसदमध्येमा पर्छन् । पार्टीका आन्तरिक गतिविधिमा मात्र होइन संसदीय भूमिकामा समेत यी दुई प्रखररुपमा प्रस्तुत हुने गरेको पाइन्छ । तर, यसपटक सदनमा नीति तथा कार्यक्रम र प्रि-बजेट छलफल चलिरहँदा गगन र विश्व उपस्थित भएका छैनन् ।
वैशाख १२ गतेदेखि शुरु भएको संसद्को वर्षे अधिवेशन आज २१ औँ दिनमा छ । यसबीच राष्ट्रपतिले संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेदेखि त्यसउपर…