राजावादी सांसदद्वारा गणतन्त्रवादी नेताको शालिकमा माल्यार्पण
३२ औँ मदन–आश्रित स्मृति दिवसको सम्झनामा आज धनकुटामा श्रद्धाञ्जली सभासहित परिचर्चा कार्यक्रम आयोजना गरियो । स्वर्गीय एमाले नेता तथा वहुदलीय जनवादका सूत्रधार मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितलाई सम्झेर एमालेजनले मात्रै श्रद्धाञ्जली व्यक्त गरेनन् । राप्रपा नेता तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री भक्तिप्रसाद सिटौलाले पनि मदनको शालिकमा माल्यार्पण गरे ।
सिटौला कोशी प्रदेश सभामा राप्रपा संसदीय दलको नेता पनि हुन् । झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित सिटौला सरल र…