अमेरिकी राष्ट्रपति पनि ‘महादेवको तीन नेत्र’

अमेरिकी राष्ट्रपति पनि ‘महादेवको तीन नेत्र’

हिजोदेखि तीन वटा खाडी मुलुकको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज कतारको राजधानी दोहा पुगेका छन् । उनी हिजो साउदी अरेबियाको राजधानी रियाद पुगेलगत्तै  एक खर्ब ४२ अर्ब अमेरिकी डलरको हतियार अमेरिकाले बिक्री गर्ने सहमति भएको छ । 

कतारले ट्रम्पलाई ४० करोड अमेरिकी डलर मूल्य पर्ने अत्याधुनिक विमान उपहार दिने घोषणा गरिसकेको छ । राष्ट्रपतिले कतारको उक्त प्रस्तावलाई आफ्नो प्रशासनले स्वीकार गर्ने जनाउँदै उपहार अस्वीकार गर्नु ‘मूर्खता’ हुने बताएका छन् ।

कतारले ट्रम्पलाई ४० करोड अमेरिकी डलर मूल्य पर्ने अत्याधुनिक विमान उपहार दिने घोषणा गरिसकेको छ । राष्ट्रपतिले कतारको उक्त प्रस्तावलाई आफ्नो प्रशासनले स्वीकार गर्ने जनाउँदै उपहार अस्वीकार गर्नु ‘मूर्खता’ हुने बताएका छन् ।

तर, अमेरिकी डेमोक्रेटिक पार्टीका नेता तथ ट्रम्पका केही समर्थहहरूले उक्त उपहारलाई अवैधको संज्ञा दिएका छन् । कतारले उपलब्ध गराएपछि उक्त विमानलाई अमेरिकी राष्ट्रपति सवार हुने मापदण्डको बनाएर प्रयोग गर्ने ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन् । अमेरिकामा राष्ट्रपतिले मात्रै प्रयोग गर्ने विमानलाई ‘एअर फोर्स वन’ भनिन्छ ।

ह्वाइट हाउसले ४० वर्ष पुरानो एअर फोर्स वनलाई अस्थायी रूपमा प्रतिस्थापन गर्न लागिएको बताएको छ । विमान उपहारलाई अमेरिकी प्रशासनले कतारको उदारता भनेको छ । कतारले विमान दिएपछि पनि अमेरिकी राष्ट्रपति सवार हुन योग्य बनाउन कम्तीमा चार वर्ष लाग्ने अनुमान छ । ट्रम्पले आफूले प्रयोग गर्न नभ्याएर संग्रहालयमा राखिने बताइसकेका छन् ।

अमेरिकामा कुनै पनि सरकारी अधिकारीहरुले ४८० डलरभन्दा कम मूल्यका उपहार मात्रै निजी रुपमा ग्रहण गर्न सक्ने कानुनी व्यवस्था छ । विश्वको महाशक्ति राष्ट्रका शक्तिशाली राष्ट्रपति अर्को मुलुकले उपहारमा दिएको विमानमा सवार हुनुलाई धेरै अमेरिकीले अशोभनीय भनेका छन् । तर, व्यापारिक घरानाका ट्रम्प र उनको सहयोगी मण्डलले कतारले उपलब्ध गराउन लागेको विमानलाई सहर्ष स्वीकार गरिसकेका छन् ।

टिप्पणीहरू