जग्गादान लिनुको कारण खुलाउँदै पैसा उठाउने कुराको कटाक्ष
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी कार्यालय बनाउन व्यवसायीसँग जग्गादान लिनुको कारण खुलाउनुभएको छ । काभ्रेको बनेपा नगरपालिका-१० मा निर्माण हुन लागेको सिनेपा (चलचित्र छायाँकन स्टुडियो)को शिलान्यास गर्दै उहाँले एक- एक रुपैयाँ उठाएर पार्टी कार्यालय बनाउन सम्भव नहुने बताउनुभएको हो ।
कतिपय कुराहरु सुन्दा राम्रो लाग्ने, तर प्रयोगमा ल्याउन कठिन हुने प्रधानमन्त्री ओलीको अनुभव छ । ‘एक दुई जना साथीभाईहरु साना कुरामा बहुत हौसिन्छन्, हामी छौ, चन्दा उठाउँछौ भन्छन्, …