रवीन्द्र मिश्र आठौं पटक अदालतमा

रवीन्द्र मिश्र आठौं पटक अदालतमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई जिल्ला अदालत, काठमाडौं पुर्याइएको छ । उनीसहितका सहितका आरोपितलाई पुनः म्याद थपका लागि त्यहाँ लगेको हो ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनपछि उनीमाथि राज्यद्रोह, संगठित अपराध, र आपराधिक उपद्रवको अभियोग लगाइएको छ । उनीमाथि आठौंपटक म्याद थप गर्न लागिएको हो ।

उक्त पार्टीका राप्रपा महामन्त्री डा. धवलशमशेर राणा भने स्वास्थ्य उपचारको लागि हाजिरी जमानीमा छुटेका हुन । मिश्रसँगै हाल दुई दर्जनमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चैत १५ को घटनामा संलग्न भएकाहरुमध्ये ९० जनामाथि सोधपुछ गरिएको थियो । उक्त आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं थिए ।

टिप्पणीहरू