भारतीय दूतावास अगाडि प्रदर्शन, हस्तक्षेप बन्द गर्न माग
लैनचौरस्थित भारतीय दूतावास अगाडि आज दिउँसो नाराबाजी गरिएको छ । ग्रेटर नेपाल कम्युनिस्ट पार्टी र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको संयुक्त आयोजनामा भएको प्रदर्शनमा महाकाली नदीको धार पूर्वतिर फर्काउँदै नदी किनारको भूभाग कब्जा गरिएकोमा भारतको चर्को विरोध गरिएको छ ।
उनीहरुले बाढी र भारतीय तटबन्धका कारण महाकाली नदी नेपाली भूभाग कटान गर्दै पूर्वतिर बगेपछि पश्चिमको नेपाली भूमि मिच्ने बदनियतले भारतले थप तटबन्ध बनाउनुलाई अतिक्रमणकारी र विस्तारवादी व्यवहार भनिएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालको नेतृत्वमा, ग्रेटर नेपाल कम्युनिस्ट पार्टिका संयोजक मुक्ती लगायतले सम्पूर्ण असमान सन्धी सम्झौता खारेज गर, भारतीय हस्तक्षेप मुर्दावाद, गोर्खा भर्ती सम्झौता खारेज गर, नेपालमाथिको हस्तक्षेप बन्द गर लगायत नारा लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।
टिप्पणीहरू