माथिबाट पठाइयो, तलबाट तात्तातै धपाइयो
हाकिम माग्दै जनप्रतिनिधिहरू मन्त्रालयतिर धाइरहेका छन् अनि खटाइएका अधिकृतहरू हाजिर गर्नै दिइएन, आधा बाटोबाटै फर्काइयो भन्दै त्यहीँ ताँती लागिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै फ्रेस अफिसर ४४ लाई अध्यागमनमा खटाउँदा २० भन्दा बढी बाटैबाट फर्किएका छन् । नवनियुक्त महिला मन्त्रीद्वारा स्थानीय तहमा खटाइएका एक दर्जन महिलालाई समेत हाजिर गर्न नदिई फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।
लोकसेवा भिडेर नाम निकालेका, स्थानीय तहलाई केन्द्रित गरेर तालिम र प्रशिक्षण पन…