रेशम चौधरीलाई आजै जेल हाल्नुपर्थ्यो ?
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी दिउँसो करिब १२ बजेतिर जनमत पार्टीसँग एकता घोषणा कार्यक्रमको लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेका थिए । कार्यक्रमका लागि हल बुकिङ नभएको र कार्यकर्ता बाहिरै रोकिएको अवस्थामा उनी एकाएक प्रहरीको घेरामा परे ।
चौधरीलाई समात्न प्रज्ञा परिसरमा सादा पोशाकका ७ जना सुरक्षाकर्मी बिहानैदेखि परिचालित थिए । त्यसो त, प्रहरीले हिजो-अस्ति वा भोलि-पर्सि पनि पक्राउ गर्न सक्थ्यो । तर पार्टी एकता घोषणा कार्यक्रमकै दिन पारेर समात्नु यो…