नवराज बिकलाई कुटीकुटी मार्ने २३ जनाको जन्मकैद सदर

नवराज बिकलाई कुटीकुटी मार्ने २३ जनाको जन्मकैद सदर

उच्च अदालत सुर्खेतले प्रेमिका लिन रुकुम गएका जाजरकोटका नवराज बिकसहित ६ जनालाई लखेटी लखेटी ढुङ्गा हानेर खोलामा खसालेर मारिएको सोती घटनामा प्रतिवादीहरूले पाएको जन्मकैदको सजायलाई सदर गरेको छ ।

न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो ।

जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर भएको उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए ।

टिप्पणीहरू