रेशम चौधरी डिल्लीबजार कारागार चलान

रेशम चौधरी डिल्लीबजार कारागार चलान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग एकता घोषणा सभाका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका उनलाई प्रहरीले त्यहीबाट नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले चौधरी पक्राउ परेको पुष्टि गरे । उनका अनुसार सर्वोच्च अदालतको फैसला कार्यन्वयनका लागि चौधरीलाई डिल्लीबजार कारागार पठाइएको छ ।   

टिकापुर हत्याकाण्डमा जन्मकैदको सजाय पाएका चौधरी २०८० जेठ १५ गते राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका थिए । त्यसविरुद्ध सारदा कडायतले सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् । कडायत टिकापुर घटनामा मारिएका प्रहरी अधिकृत (इन्सपेक्टर)की श्रीमती हुन् ।
     
चौधरी समातिएपछि एकता घोषणाका लागि हुने भनिएको कार्यक्रम रोकिएको छ ।

टिप्पणीहरू