भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा नभएको पाउँदा बाबुराम सन्तुष्ट

भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा नभएको पाउँदा बाबुराम सन्तुष्ट

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले छिमेकी भारत नेपालमा व्यवस्थालाई उल्ट्याउने खेलमा नरहेको बताउनुभएको छ।

तीन दिने भारत भ्रमण सकेर साँझ स्वदेश फर्किनुभएका उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै त्यस्तो जानकारी गराउनुभएको हो । नेपालको व्यवस्था उल्ट्याउने पक्षमा भारत नरहेको पाउँदा सन्तुष्टि मिलेको भट्टराईले बताउनुभयो।

भारतमा नागरिकस्तरमै नेपालको व्यवस्था उल्टिनेबारे चासो रहेको पाएको तर त्यहाँको सरकार र मुख्य शक्तिहरु त्यस पक्षमा नरहेको उहाँको कथन छ ।‘भारतमै जस्तरमै चासो भएको विषय के रहेछ भने जुन विभिन्न प्रकृतिका आन्दोलन भइरहेका छन् । त्यो कतै व्यवस्थाकै बिरुद्धको हो की भन्ने रहेछ ।

केही व्यक्तिहरु त्यसमा लागेको हुनसक्छ । तर भारत सरकार आफैँ र । त्यहाँको मुख्य शक्तिहरुको फेरि यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरुलाई उक्साउने गतिविधि त्यहाँबाट भएको छैन । हुन सक्दैन, त्यसले लाभ गर्दैन । भन्नेकुरा नै आयो । हामीलाई अनावश्यक ढंगले भ्रम छरेर प्रतिगामी शक्तिहरु त आइहाल्ने हो की, भोलि नै आइहाल्ने हो की भन्नेकुरा सत्य होइन’ डाक्टरले भन्नुभयो ।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले काम गर्न नसकेको निष्कर्षमा भारत सरकार पुगेको सुनाउँदै उहाँले अब नयाँ विधि अपनाउनुपर्ने देखिएको बताउनुभयो । त्यसनिम्ति भारत पनि सकारात्मक रहेको नेताहरुसँगको भेटका क्रममा आफूले जानकारी पाएको दिनुभयो । 

भट्टराईले नेपाल र भारतबीच बाँकी रहेका समस्यालाई संवादका माध्यमबाट नै समाधान गर्न उचित हुनेमा पनि जोड दिनुभएको छ । इपिजीको ठाउँमा नयाँ विधि अपनाएर समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीस्तरीय वार्ता हुनुपर्ने आवश्यकता महशुस भएको उहाँको भनाइ छ । 

छिमेकीहरुसँग ठिक ढंगले सम्बन्ध राखेर अघि बढ्ने हो भने 'कागले कान लग्यो भन्दैमा कागको पछि दौडिन' जरुरी नरहेको टिप्पणी पनि उहाँले गर्नुभएको छ । प्रतिगामी शक्तिहरुले वितण्डा मच्चाए भन्दैमा फेरि निराश हुनुपर्ने अवस्था नरहेको डाक्टरले  जिकिर गर्नुभयो ।

टिप्पणीहरू