अमेरिकी मिडिया ‘जनताका शत्रु’ भन्ने डोनाल्ड ट्रम्पको आरोप
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यमहरुमाथि गम्भीर आरोप लगाउँदै भ्रष्टको संज्ञा दिएका छन् । उनले विश्वविख्यात न्युयोर्क टाइम्स,वासिङ्ग्टन पोष्टलगायत अमेरिकी मिडियालाई ‘जनताको शत्रु’ र तिनले प्रकाशित गरेका विवरणहरुलाई झुठो अर्थात् ‘फेक’ उल्लेख बताएका छन् ।
राष्ट्रपतिको पहिलो एक सय दिने सर्वेक्षण प्रतिवेदन प्रकाशित गरेलगत्तै ट्रम्पले रिसले आगो हुँदै उक्त आरोप लगाएका हुन् । न्युयोर्क टाइम्स र एबीसी तथा वासिङ्ग्टन पोष्टले प्रकाशित गरेका रिपोर्टमा ट्रम्पको लोकप्रियता दोस्रो कार्यकालको तीन महिनामा निकै खस्केको उल्लेख छ ।
सामाजिक सञ्जाल ट्युथमा राष्ट्रपतिले लेखेका छन् -‘हामीसँग यो देशमा निःशुल्क र स्वतन्त्र प्रेस छैन । भएकाले पनि खराब कथाहरू बुन्छन् र निर्वाचनमा प्राप्त जनताको अभिमतलाई ठग्छन् । दुःखको कुरा यो सबै गलत सम्झौतामा गरिएको एक किसिमको भ्रष्टाचार हो ।’
We don’t have a Free and Fair “Press” in this Country anymore. We have a Press that writes BAD STORIES, and CHEATS, BIG, ON POLLS. IT IS COMPROMISED AND CORRUPT. SAD,” he wrote in a post on his Truth Social platform on Monday.“They are Negative Criminals who apologize to their subscribers and readers after I WIN ELECTIONS BIG, much bigger than their polls showed I would win, loose a lot of credibility, and then go on cheating and lying for the next cycle, only worse,”
THEY ARE SICK, almost only write negative stories about me no matter how well I am doing… AND ARE TRULY THE ENEMY OF THE PEOPLE!”
उनले महान सर्वेक्षक भन्दै जोन म्याक लफलिमले अमेरिकी सञ्चारमाध्यमले गरेको सर्वेक्षणलाई गलत भनेको सन्दर्भ पनि उल्लेख गरेका छन् । अनुसन्धानकर्ता तथा राजनीतिक परामर्शदाता लफलिनलाई चुनावदेखि नै ट्रम्पका विश्वासिला सर्वेक्षक मान्ने गरिएको छ ।
न्युयोर्क टाइम्सले आफ्नो पक्षमा ३७ प्रतिशत र एबिसी तथा वासिङ्ग्टन पोष्टले ३४ प्रतिशत समर्थन रहेको भन्ने सर्वेक्षणप्रति राष्ट्रपतिले असहमति जनाएका छन् । ती मिडियालाई नकारात्मकताले भरिएको अपराधी भन्दै ट्रम्पले लेखेका छन्, ‘अत्यधिक मतले म निर्वाचनमा विजयी भएको हुँ । जबकी त्यतिबेला पनि उनीहरुले यस्तै सर्वेक्षण गरेका थिए । पछि विश्वसनीयता घटेकाले अहिले दोस्रो चरणमा पुनः झुठो हल्ला गरेका हुन् ।’
टिप्पणीहरू