गुरु बा, गुरु आमाले यसो नगरे कति राम्रो हुन्थ्यो !
शिक्षकहरु समाजको बौद्धिक वर्ग हुन् । उनीहरुलाई समाज र राष्ट्र निर्माता पनि भनिन्छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु गत चैत २० गतेदेखि राजधानी केन्द्रित आन्दोलनमा छन् ।
यति लामो आन्दोलनका कारण सर्वसाधारणले अनाहक सास्ती पाइरहेका छन् । सडक पुरै छेकेर आन्दोलन गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्न पुगेको छ । गन्तव्यमा पुग्न सर्वसाधारणलाई सास्ती छ । मुख्य सडक नै बन्द हुँदा उनीहरु घुमेर गन्तव्यमा पुग्न बाध्य छन् । घटना अस्तिको हो,एक स्कुटर चालक बबरमहलतर्फ आइरहेका थिए ।
झमझमी पानी परिरहेको थियोे । छाता ओढेर आन्दोलनमा उत्रिएका शिक्षकहरुले ती चालक र स्कुटरमा सवाररत एक जनामाथि दुर्व्यवहार गरे । कोटपाइन्ट लगाएका एक शिक्षकले उनीहरुलाई हातपात र गाली गरे । रेनकोट निकालेर फालिदि

त्यसपछि अन्य शिक्षकले आएर उनलाई रोके । यतिबेला सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । आन्दोलनको नाममा शिक्षकहरुले ‘गुण्डाशैली’ देखाएको भन्दै चर्को विरोध भइरहेको छ । जनताले तिरेको कर खाएर जनतालाई नै थर्काउनेमाथि कारबाही हुनुपर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ता लक्ष्मण गिरीले लेखेका छन्,‘सडकमा हिँडेको यात्रुप्रति शिक्षकहरुले गरेको यो व्यवहार निन्दनीय छ । शिक्षकका आफ्ना माग छन्,सरकारले यथोचित माग पुरा गर्नुपर्छ । त्यसमा दुई मत छैन । तर, सरकार र सरकारी निकायको रिस यसरी सर्वसाधारणप्रति पोख्नु सकारात्मक छैन ।’
जीवन भट्टराईले उनीहरु शिक्षक नभई ‘राक्षस’ भएको बताएका छन् । ‘यो शिक्षक हो कि राक्षस ? त्यसै पुलिसले हानेका हैन रहेछन् नि’,उनले भनेका छन् । उनीहरु शिक्षक नभई पार्टीको झोले भएको मिलन मगरको आरोप छ । ‘नेपाल प्रहरीले भाटा हानेको एकदम ठीक हो । व्यहोरा हेर,शिक्षक रे पार्टीको झोले हो’,उनी लेख्छन् ।
टिप्पणीहरू