गत शनिबारसम्म आवेदन दिएकालाई एनओसी
सरकारले दक्षिण कोरियामा अध्ययनका निम्ति वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने निर्णय गर्नुअघि आवेदन दिएकालाई पत्र प्रदान गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा अध्ययनका निम्ति तत्काललाई एनओसी बन्द गरेपनि २७ गतेसम्म आवेदन दिइसकेकालाई नियमानुसार एनओसी प्रदान गरिने जनाएको छ ।
मन्त्रालयको सूचनामा भनिएको छ, ‘यही मिति २०८२–०१–२७ गतेसम्म मन्त्रालयको एनओसी अनलाइन पोर्टलमा आवेदन दिइसकेका सबै प्रकारका आवेदकलाई नियमानुसार व…