गोविन्द केसीलाई प्रधानमन्त्रीको ढोका बाहिर अवरोध

गोविन्द केसीलाई प्रधानमन्त्रीको ढोका बाहिर अवरोध फाइल फाेटाे

चिकित्सा शिक्षा सुधारका अभियन्ता भनिएका डा. गोविन्द केसीलाई प्रधानमन्त्री कार्यालय प्रवेशमा रोक लगाइएको छ । आज बिहान ज्ञापनपत्र लिएर पुगेको केसी नेतृत्वको टोलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गेटमा खटिएका सुरक्षाकर्मीले भित्र जान नदिएका हुन् ।   

चिकित्सा क्षेत्र बाहेकका विषयमा पनि चासो राख्दै पटक–पटक अनशन बसेर रेकर्ड बनाएका केसी आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गराउन तथा थप माग राख्न सिंहदरबार गएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर औपचारिकरुपमा ज्ञापन पत्र बुझाउने उनको तयारी थियो । 

प्रधानमन्त्री कार्यालयका प्रवक्ता र सह–प्रवक्ताले फोन नउठाएको तथा एसएमएस गर्दा पनि जवाफ नफर्काएको तर ज्ञापनपत्र बुझाउन अर्को मन्त्रालयबाट पास लिएर गेटमा पुग्दा प्रहरीले रोकेर गेटबाहिर राखी शंकास्पद व्यक्तिलाई जस्तो व्यवहारगरी अनावश्यक हैरानी दिएको केसीका तर्फबाट गुनासो गरिएको छ । 

लामो समय गेटमा उभ्याएर अन्तिममा ‘डा. केसीलाई नपठाउने’ भनी प्रम कार्यालयको मूल ढोकामा रहेको रजिस्टरमा जनाइएपछि स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र दर्ता गराएर फर्किएको जानकारी गराइएको छ

टिप्पणीहरू