विश्व पौडेलविरुद्धको रिट र गुणाकरको राजीनामा बेवारिस
गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावीसहित सर्वोच्च अदालतमा लगिएको रिट निवदेन न दर्ता भएको छ, न दरपीठ नै गरिएको छ ।
अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले उक्त निवेदन सर्वोच्च अदालतमा हिजो बिहान १० बजे पेश गरेका थिए । तर दुई दिनसम्म उक्त निवेदन दर्ता या दरपीठको निर्णय नभएको अवस्थामा देखिन्छ ।
अधिवक्ताद्वयद्वारा यसअघि गभर्नर नियुक्तिमा उमेर हदको मापदण्ड हटाइएकोमा दायर रिट निवेदनमा वैशाख १७ गते अन्तरिम आ…