ओली र पुटिनलाई रुसी र नेपाली निम्तो
प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गत काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास, बालुुवाटारमा भएको भेटमा नेपाल र रुसबीचको मित्रवत सम्बन्धका विविध आयामबारे छलफल भएको बताइएको छ ।
प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिनुुभएको छ भने प्रधानमन्त्री ओलीले पनि रुसी राष्ट्रपति भ्लादिमिर प…