स्मार्ट लाइसेन्स छपाई कार्य सुचारु
अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाई कार्य पुनः थालिएको छ । यातायात व्यवस्था विभागको प्रिन्टिङ्ग प्रणालीमा समस्या आएपछि रोकिएको स्मार्ट लाइसेन्स छपाई कार्य एक सातापछि सुचारु गरिएको जनाइएको छ ।
विभागले हाल समस्या समाधान भई प्रिन्टिङ्ग कार्य सुचारु भएको जनाउँदै विज्ञप्ति जारी गरेको छ । ‘वैशाख २५ गतेदेखि यस विभागको प्रिन्टिङ्ग प्रणालीमा समस्या आई अत्यावश्यक सवारी चालक अनुमतिपत्र कार्ड छपाई कार्य बन्द भएकोमा हाल सो समस्या समाधान भई प्रिन्टिङ्ग कार्य पुनः सुचारु भएको जानकारी गर…