दक्षिण अमेरिकाबाट तीन जना राष्ट्रपति सिको पाहुना

दक्षिण अमेरिकाबाट तीन जना राष्ट्रपति सिको पाहुना

दक्षिण अमेरिकी राष्ट्रहरु ब्राजिल,चिली र कोलम्बियाका राष्ट्रपतिहरु चीनको राजधानी बेइजिङ पुगेका छन् । ब्राजिलका राष्ट्रपति लुइज इनाथिओ लुला दा सिल्भा राजकीय,चिलीका राष्ट्रपति गाब्रियल बोरिक र कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो औपचारिक भ्रमणमा छन् । 

चिनियाँ राष्ट्रपति सि जिनपिङसँग ब्राजिलियन राष्ट्रपतिले हिजो भेट गरेका थिए । चिली र कोलम्बियाका राष्ट्रपतिले आज ग्रेट हल अफ दि पिपुलमा छुट्टाछुट्टै औपचारिक वार्ता गरेका छन् । भ्रमणअघि सिन्ह्वालाई दिएको अन्तर्वार्तामा राष्ट्रपति सिल्भाले चीनसँग आर्थिकसँगै राजनीतिक साझेदार हुन ब्राजिल आतुर रहेको बताएका छन् । 

बेइजिङमा राष्ट्रपति सिल्भाको भव्य स्वागत गरिएको छ । औपचारिक भेटवार्ताअघि चिनियाँ जल,स्थल र वायु सेनाको टुकडीले ब्राजिलका राष्ट्रपतिलाई सम्मान गारतसँगै ३१ तोपको सलामी दिएको थियो । 

पछिल्लो समय अमेरिकाको अप्रत्यासित व्यापार नीतिमा आएको फेरबदलपछि दक्षिण अमेरिकी मुलुकहरुले चीनसँगको सम्बन्धलाई विशेष महत्व दिन थालेको बताइन्छ । चीनले पनि बिआरआईको माध्यमद्वारा एसिया,युरोप,अफ्रिका र दक्षिण अमेरिकी मुलुकहरुमा ठूला परियोजना सञ्चालन गर्न थालेको देखिन्छ ।

टिप्पणीहरू