तीन दर्जन जिल्लामा बाढीको जोखिम, डेढ दर्जनमा ‘एल्लो वारेन्ट’
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा बाढीको सम्भावना देखाएको छ ।
काठमाडौं उपत्यकासहित ३७ जिल्लाका नदी तथा तटीय क्षेत्रमा आज बाढी आउनसक्ने महाशाखाले जानकारी दिएको हो ।
ती क्षेत्रमा बाढीको उच्च जोखिम देखिएको जनाउँदै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले १८ वटा जिल्लामा ‘एल्लो वारेन्ट’ समेत जारी गरेको छ । जसमा भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली खोटाङ, गोरखा, तनहुँ,…