एनसेलका ग्राहकलाई करोडपति बन्ने मौका

एनसेलका ग्राहकलाई करोडपति बन्ने मौका

एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सँधै अन करोडपति’ योजना सञ्चालन गरेको छ ।

सो योजनाअनुसार ग्राहकहरुले एक करोड रुपैयाँ बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन् । सँगै हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही एक लाख रुपैयाँ नगद पुरस्कार जित्ने कम्पनीले जनाएको छ । 

साप्ताहिक नगद पुरस्कार योजना १२ हप्तासम्म जारी रहनेछ । एनसेलले ‘हात खाली नजाने’ योजना पनि ल्याएको छ । सो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्नेछन् । ‘सँधै अन करोडपति’ योजनामा सहभागी हुन ग्राहकले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको सेवा लिनुपर्छ । 

जसमा नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक, कम्बो प्याकलगायत रहेका छन् । हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले एउटा टिकट प्राप्त गर्नेछन् । ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्ने ग्राहकले पाँच वटा टिकट पाउनेछन् । टिकट हेर्ने लिंक तुरुन्तै एसएमएसमार्फत पठाइने कम्पनीले जानकारी दिएको छ । 

त्यसैगरी, एनसेल एपमार्फत पनि टिकट हेर्न सक्ने व्यवस्था मिलाइएको छ । रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दा नगद पुरस्कार जित्ने मौका दुई गुणा हुनेछ । किनकि, रिन्यूअल वा रोमिङ सेवा खरिद गर्ने ग्राहकले दुई वटा टिकट पाउँछन् । जुनसुकै नेपाली बैंकमा खाता वा प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहक सो योजनामा सहभागी हुन सक्छन् ।

योजना अवधिभर प्रत्येक आइतबार साँझ साढे ६ देखि सात बजेसम्म एनसेल युट्युब च्यानल, एनसेल एप र कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रममार्फत विजेता घोषणा गरिने कम्पनीको भनाइ छ । कम्पनीले पुरस्कार हस्तान्तरणका लागि सिँधै विजेतालाई सम्पर्क गर्नेछ ।

टिप्पणीहरू