शान्तिपूर्ण भन्ने, निषेधाज्ञा तोड्ने ?

शान्तिपूर्ण भन्ने, निषेधाज्ञा तोड्ने ?

निवर्तमान मुख्यसचिव एकनारायण अर्यालले जेन जी प्रर्दशनकारीहरूले ‘शान्तिपूर्ण’ भेलाको अनुमति लिएर निषेधाज्ञा उल्लंघन गरेपछि भदौ २३ गते गोली चल्नुपर्ने अवस्था सिर्जना भएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा पेस गरिएको लिखित जवाफमा उनले नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिको ब्यारिकेड तोडेर प्रदर्शनकारीहरू अघि बढेकाले ‘बल प्रयोग’ गर्न सुरक्षाकर्मी बाध्यात्मक भएको उल्लेख छ ।

लेखिएको छ, ‘एभरेष्ट होटलको पूर्वतर्फ नजाने भनिएकोमा सहभागीहरू अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतर्फ अगाडि बढे । कम्पाउन्डभित्र प्रवेश गर्ने अवस्था देखिएपछि सार्वजनिक सम्पत्ति, सुरक्षाकर्मी तथा उनीहरूको हतियार सुरक्षित गर्नु अपरिहार्य भयो ।’

अर्यालले निषेधित क्षेत्रमा प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा असर गर्ने र सुरक्षाकर्मीका हातहतियारको सुरक्षामा जोखिम सिर्जना गर्ने गतिविधि देखिएकाले कानुनी दायराभित्रै रहेर आत्मरक्षाका लागि काम गरिएको दाबी गरेका हुन् । लेखिएको छ, ‘कफ्र्युमा हुने कानुनविपरीतका गतिविधिलाई नियन्त्रणमा ल्याउन गरिने काम कारबाहीलाई अन्यथा मान्न मिल्दैन त्यस्ता काम राज्यका पक्षमा गरिने आवश्यक कार्यकै दायरामा पर्छन्।’

टिप्पणीहरू