काँग्रेसले माग्याे भृकुटीमण्डप !

काँग्रेसले माग्याे भृकुटीमण्डप !

नेपाली कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । डेढ महिना (असोज, कात्तिक, मंसिर)सम्म बसेको केन्द्रीय समितिको बैठकले पुष २६, २७ र २८ गते नियमित महाधिवेशन गर्ने निर्णय गरेकोमा इतर समूहले विशेष महाधिवेशनको लागि भन्दै भृकुटीमण्डपको चौर र हल बुक गरेपछि विवाद थप चर्किएको हो । 

पार्टी सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनअघि विशेष महाधिवेशन नहुने स्पष्ट सन्देश दिएपछि गगन थापा समूहले दबाब सिर्जना गर्न भृकुटीमण्डपको चौर र हल अग्रिम बुकिङ गरेको बताइएको छ । नेता शेखर कोइरालाले समेत पुष अन्तिम साता तोकिएको नियमित महाधिवेशन केही पर धकेलिने संकेत गरेकाे अवस्थामा विशेष महाधिवेशन पक्षधरहरु छुट्टै रणनीतिमा जुटेका छन् ।

विशेष महाधिवेशन आयोजक समितिका सदस्य रमेश प्रसाद धमलाले भृकुटीमण्डप बुकिङको लागि दिएको निवेदनमा पुष २७ र २८ गते सो स्थान उपलब्ध गराउन भनिएकाे छ । समाज कल्याण परिषद्लाई बुझाइएको निवेदनमा प्रदर्शनी हल, ठूलो चौर, बगैँचा र मुल गेट छेउको चौर दुई दिनको लागि बुक गरिएको जानकारी गराइएको छ ।

टिप्पणीहरू