सरकारसँग वार्ता गर्न निकोलसकाे हुलै सिंहदरबारमा

सरकारसँग वार्ता गर्न निकोलसकाे हुलै सिंहदरबारमा

विभिन्न माग राखी माइतीघर मण्डलामा अनसनरत डा. निकोलस भुसालका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता भएको छ । आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दुई पक्षबीच दुई घण्टा वार्ता भएको हो । 

सरकारले आज दिउँसो प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । सरकारले वार्तामा बोलाएपछि निकोलसका मान्छे साँझ सवा ५ बजे सिंहदरबार पुगेका थिए । 

वार्तामा सरकारको तर्फबाट खनालसँगै प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिनाको पनि सहभागिता थियो । लेनिन बिष्ट, सुनिल सिंह,सौरभ भण्डारी, डा.जगत बिक, एसपी शाह, विक्रम कार्की,सुमन बोहोरा, नर्गिस थापा,सागर भुसाल,तुलसी कुमार भुसाल लगायतले निकोलसको प्रतिनिधित्व गरेका थिए । 

भदौ २३ र २४ को घटनाका दोषीलाई कारवाही गर्नुपर्ने, संविधान संशोधन गरी राष्ट्रिय सभा र प्रदेश खारेज गरिनुपर्ने, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन हुनुपर्नेलगायत पाँच बुँदे माग राख्दै भुसाल १० दिनदेखि अनसनमा छन् । उनको स्वास्थ्य अवस्था बिग्रिएपछि हिजो उपचारका लागि अस्पताल लगिएको थियो । 

तर, माग पूरा नहुँदासम्म अनसन नतोड्ने भुसालको अडान छ ।

टिप्पणीहरू