गरूड क्यासिनोमा समातिए ६५ वर्षेदेखि जेन जी उमेरका युवा
क्यासिनोमा जुवा खेल्ने पाँच जना समातिएका छन् । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१, तौलुङस्थित गरुड क्यासिनोबाट उनीहरुलाई प्रहरीले पक्रेको हो ।
पक्राउ पर्नेहरुमा बाँसबारी बस्ने ६५ वर्षीय पशुपति खड्का, गोकर्णेश्वर–६, बस्ने ४६ वर्षीय दयाराम राना, बौद्ध बस्ने ५३ वर्षीय भरतराज पौडेल, बुढानिलकण्ठ–१, बस्ने ४० वर्षीय सन्तोष भण्डारी र बसुन्धारा बस्ने २४ वर्षीय गणेशबहादुर मगर छन् ।
उनीहरुको साथबाट प्रहरीले जुवा खेल्न प्रयोग हुने १८ थान चिप्स बरामद गरेको छ । जुवा खेल्न खेलाउन नहुनेसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिन म्याद थप अनुमति लिई उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू