प्रहरी प्रमाणपत्रमै किर्ते स्ट्याम्प
प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सलुरको स्ट्याम्प किर्ते गर्ने दुई जना समातिएका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका–६, बस्ने ३३ वर्षीय पृथ्वीबहादुर थापा र वडा नम्बर ९, बस्ने मोनालिसा डिजिटल फोटो स्टुडियोका सञ्चालक ३७ वर्षीय सन्तोष पौडेल उक्त अभियोगमा पक्राउ परेका हुन् ।
उनीहरुले वैदेशिक रोजगारीमा जानका लागि भिसा आवेदनमा पेश गरेको प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको स्ट्याम्प नक्कली गरी प्रमाणीकरण गर्ने गरेको प्रहरीको आरोप छ । पक्राउ परेका दुवै जनामाथि लिखितसम्बन्धी कसुरमा अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।
टिप्पणीहरू