अख्तियारको नयाँ कार्यालय

नाम सिंहराज भएर के गर्नु, दुःख त मेरा पनि आफ्नै छन् । सिंहका दुःख अझ बढी हुन्छन् । यस्तै दुःखका बीच एउटा उजुरी दर्ता गर्न अस्ति अख्तियार गएको थिएँ । अख्तियार अर्थात् टंगालको रातो घर । अख्तियार पहिला पनि एक दुर्ई पटक गएकै ठाउँ हो । आरामपूर्वक गएँ । तर भित्र पस्दा देखियो, कार्यालय त सुनसान रहेछ । बडा चमकदमक हुनुपर्ने अख्तियार चाइँचुइँसम्म नहुने सुनसान भएको देख्दा चकित भएँ ।
यसो हेरेँ । कुनामा एउटा काउन्टर जस्तो देखियो । त्यहाँ एक जना कर्मचारी थियो । विस्तारै अगाडि गएँ । सोधेँ, ‘खोइ, अख्तियार कार्यालय त आज सुनसानै देख्छु । बिदा छ कि क्या हो ?’
‘मरिसक्यो ?’ म छक्क भएँ, ‘कहिले ?’
‘ए..सरिसक्यो भनेको ? कता सर्यो ?’ मैले पनि हाँस्दै सोधेँ ।
उसले भन्यो, ‘बालुवाटार सर्यो सर ।’
‘बालुवाटार ? बालुवाटार कता ?’ मैले सोधेँ ।
कर्मचारीले भन्यो, ‘बालुवाटारमा प्रधानमन्त्री क्वार्टर देख्नुभा’छ ?’
‘देख्या छु ।’
‘हो ऽ, त्यहीँभित्र सरिसक्यो । अहिले अख्तियारबाट गर्नुपर्ने कारवाही सबै त्यहींबाट हुन्छ । तपाईंको कुनै काम छ भने त्यहीं जानुभए हुन्छ ।’
अहिले भने मैले जवाफ दिन सकिनँ । यो त पूरै नयाँ कुरा भयो ।
टिप्पणीहरू