‘फेक’ प्रमाणपत्र देखाएर जागिर खाने सब-इन्जिनियर अख्तियारको फन्दाम
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका पूर्वकरार सब–इन्जिनियर दिपेन्द्र कुमारविरुद्ध मुद्दा दायर भएको छ ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा करार सेवामा नियुक्ति लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि मुद्दा चलाएको हो ।
आयोगका अनुसार कुमारले सब–इन्जिनियर पदमा करार नियुक्तिका क्रममा बुझाएको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली भएको पुष्टि भएको छ । उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत कास्कीको पोखरामा अवस्थित पश्चिमाञ्चल क्याम्पसबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग उत्तीर्ण गरेको भनि पेश गरेको चारित्रिकसहितका प्रमाणपत्र नक्कली भेटिएपछि आज मुद्दा दायर गरिएको हो ।
नक्कली प्रमाणपत्रका आधारमा ओहोदा, लाभ र सुविधा लिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम उनलाई कैद र जरिवानाको सजाय गर्नुपर्ने अख्तियारको मागदाबी छ ।
टिप्पणीहरू