समाचार

प्रहरीद्वारा बेवारिसे बिरामीको उद्धार

चितवनको नारायणगढबाट प्रहरीले एकजना बेवारिसे बिरामीको उद्धार गरेको छ । भरतपुर–१ पोखरा बसपार्कमा अलपत्र एक पुरुषलाई वडा कार्यालयबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको हो ।  अन्दाजी ५०-५५ वर्षीय पुरुष व्यक्ति हिँड्न नसकी बिरामी भई सुतिरहेको अवस्थामा छ भन्ने सूचना प्रहरीसम्म पुगेको थियो । सोहीअनुसार वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी नायब निरीक्षक अर्जुन पौडेलको कमाण्डमा गएको टोलीले ती व्यक्तिको उद्धार गरी उपचारको लागि भरतपुर सरकारी अस्पताल पुर्याएको थियो ।&n…

Page 320 of 2022