इन्जिनियरको बिल वडाध्यक्षले च्यातेपछि कुश्मामा बबाल
पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष रुद्रमोहन रिमालले इन्जिनियरले तयार पारेको योजनाको बिल च्यातेका छन् ।
वडाध्यक्ष भएपछि पनि निर्माण व्यवसायमा संलग्न रहँदै आएका रिमालले प्राविधिकले काम गरेको कम बिल उठाएको भन्दै कुश्मा नगरपालिका कार्यालयमा सोमबार च्यातेका हुन ।
आइतबार राति पटक–पटक नगरपालिकाको प्राविधिक शाखा प्रमुखलाई मोबाइलमा म्यासेज गरेर धम्की दिएका रिमालले सोमबार बिल च्यातेको कुश्मा नगरपालिकाका एक कर्मचारीले जानकारी दिए । सडक बोर्डबाट सञ्चालित य…