डाक्टरहरुको पाखुरामा पर्सिसम्म कालोपट्टी

डाक्टरहरुको पाखुरामा पर्सिसम्म कालोपट्टी

नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकार मिचेर उपभोक्ता अदालतले चिकित्सकीय मुद्दामा फैसला सुनाएको भन्दै डाक्टरहरु आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा आजदेखि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेका छन् । 

चिकित्सकद्वारा उपचारको क्रममा त्रुटी भएमा उजुरी हेर्ने जिम्मेवार संस्थाका रुपमा मेडिकल काउन्सिल रहेकोले यस्ता मुद्दा काउन्सिलमार्फत् नै अगाडि बढाउनुपर्ने उनीहरुको माग छ । 

आजदेखि तीन दिनसम्म कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने जनाएको संघले असार १९ गते सरोकारवालासँग बृहत् छलफल गरेर थप कार्यक्रम अघि बढाउने जानकारी दिएको छ । 

‘यदि सरकारद्वारा यस विषयमा यथाशीघ्र उपयुक्त कदम नचालिएमा नेपाल चिकित्सक संघ सशक्त आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुनेछ,’ संघले भनेको छ ।

टिप्पणीहरू