प्रहरीद्वारा बेवारिसे बिरामीको उद्धार

प्रहरीद्वारा बेवारिसे बिरामीको उद्धार

चितवनको नारायणगढबाट प्रहरीले एकजना बेवारिसे बिरामीको उद्धार गरेको छ । भरतपुर–१ पोखरा बसपार्कमा अलपत्र एक पुरुषलाई वडा कार्यालयबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको हो । 

अन्दाजी ५०-५५ वर्षीय पुरुष व्यक्ति हिँड्न नसकी बिरामी भई सुतिरहेको अवस्थामा छ भन्ने सूचना प्रहरीसम्म पुगेको थियो । सोहीअनुसार वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी नायब निरीक्षक अर्जुन पौडेलको कमाण्डमा गएको टोलीले ती व्यक्तिको उद्धार गरी उपचारको लागि भरतपुर सरकारी अस्पताल पुर्याएको थियो । 

बाहिरी चोटपटक नभएपनि ती बिरामी मानिस बोल्न नसक्ने अवस्थामा थिए । अहिले पनि उपचारकै क्रममा छन् । नाम कृष्ण कार्की बताउने उनको ठेगाना भने अझै खुल्न सकेको छैन । 

उनको मानसिक अवस्था त्यति ठिक नदेखिएको अस्पतालमा खटिएका प्रहरी कर्मचारी बताउँछन् ।
 

टिप्पणीहरू