एसबिआई मर्चेण्ट बैंकिङ्गको सीईओमा सन्तोषकुमार भण्डारी

एसबिआई मर्चेण्ट बैंकिङ्गको सीईओमा सन्तोषकुमार भण्डारी

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोषकुमार भण्डारी नियुक्त भएका छन् । गत शुक्रबार बसेको बैंकको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । 

भण्डारीले एसबिआई बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख र लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् । बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा १६ वर्ष बढीको कार्यअनुभव संगालेका उनी स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्नसक्ने एक कुशल नेतृत्व पनि हुन् । 

एसबिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीका रूपमा स्थापित एसबिआई मर्चेण्ट बैंकिङ्गको चुक्ता पूँजी २० करोड रुपैयाँ छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदातालगायत मर्चेण्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

टिप्पणीहरू