पूर्व प्रधानन्यायाधीशविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमेशेर जबराविरुद्ध परेको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेको छ । रास्वपा नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले दरपीठ गरिदिएका हुन् ।
अधिवक्ता न्यौपानेले २०७७ फागुन ११ गते भएको फैसलाको पूर्णपाठको प्रमाणीकरण र संहिताका लागि तत्कालीन प्रधानन्यायाधीश जबराको नाममा परमादेश जारी गर्न माग गर्दै रिट दायर गरेका हुन् । रिटमा संवैधानिक इजलासका अन्य न्यायाधीशहरूले पूर्णपाठमा सही गरे तापनि तत्कालीन …