सुकुम्बासी बस्तीमा डोजर, झडपपछि अवस्था तनावग्रस्त

सुकुम्बासी बस्तीमा डोजर, झडपपछि अवस्था तनावग्रस्त

मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाउँदा प्रहरी र स्थानीयबीच झडप भएको छ । 

काठमाडौँ महानगरपालिकाले त्यस क्षेत्रमा रहेका घर टहरा हटाउन डोजर लगाउँदा स्थानीयले ढुंगामुढा गरेका हुन् । आक्रोशित भीडले आक्रमण गर्दा केही नेपाल प्रहरी र नगर प्रहरी घाइते भएको बताइएको छ । 

नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली त्यहाँ पुगेको थियो । झडपको सम्भावनालाई ख्याल गर्दै नेपाल प्रहरीलाई पनि सँगै खटाइएको थियो । अहिले अवस्था तनावग्रस्त रहेको र स्थितिलाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको बुझिएको छ ।

मापदण्ड विपरित बनाइएका घर टहरा भत्काउन यसअघि पटक-पटक सूचना जारी गरे पनि स्थानीयले बेवास्ता गरेपछि डोजर चलाउनु परेको महानगरले जनाएको छ ।

तस्बिरहरु

टिप्पणीहरू