प्रधानमन्त्री र सुधनबीच १५ मीनेट वार्तालाप

प्रधानमन्त्री र सुधनबीच १५ मीनेट वार्तालाप

आफूलाई जेन जी अगुवा बताउने ‘हामी नेपाल’ (एनजिओ) का संस्थापक सुधन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिउँसो साढे २ बजे पुगेका गुरुङ पौने ३ बजे फर्केका हुन् ।

भेटमा सुधनले आज पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग राखेको बताइन्छ । गुरुङले जेनजीसँग हुने भनिएको लिखित सम्झौताबारे पनि चासो राखेको बुझिएको छ। 

जवाफमा प्रधानमन्त्री कार्कीले सरकार जेन जीले दिएको म्याण्डेटमै रहेर काम गरिरहेको जवाफ दिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।

टिप्पणीहरू