वामदेवका क–कसले पाए जिम्मेवारी ?

वामदेवका क–कसले पाए जिम्मेवारी ?

हालैमात्र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा मिसिएका वामदेव गौतमले शपथ ग्रहण गरेका छन् । पार्टीमा तेस्रो वरियता पाएका गौतमलाई अध्यक्ष नेपालले आलोकनगरस्थित केन्द्रीय कार्यालयमा शपथ ग्रहण गराएका हुन् । 

त्यसैगरी,उनको अभियानबाट एकीकृत समाजवादीमा समाहित भएका नेताहरुलाई पनि जिम्मेवारी प्रदान गरिएको छ । आज बसेको सातौं सचिवालयको बैठकले तीन जनालाई पोलिटब्युरो सदस्यको जिम्मेवारी दिने निर्णय गरेको हो । 

जसमा स्याङ्जाका डिबी कार्की, बर्दियाकी तुलसी थापा र काठमाडौंका लोकनाथ धमला रहेका छन् । त्यसैगरी, ९ जनालाई केन्द्रीय सदस्य बनाइएको छ । प्युठानकी भगवती विष्ट,इमानसिंह भारती, नवलपुरका दुर्गादत्त भण्डारी, रुपन्देहीका राधेश्याम गुप्ता, बझाङका रविन्द्र बम,बर्दियाका तोफा यादव,दैलेखका विद्याप्रसाद शर्मा, चितवनका रामप्रसाद अधिकारी र बाँकेका मोहनसमशेर बागवानले सो जिम्मेवारी पाएका छन् । 

नेकपा एमालेमा जान चाहेका तर बेवास्ता गरिएपछि ‘अलपत्र’ परेका गौतमको अभियान र एकीकृत समाजवादीबीच गत साउन २ गते राष्ट्रिय सभा गृहमा विधिवत् रुपमा एकता भएको थियो ।
 

टिप्पणीहरू