डोनाल्ड ट्रम्प मूर्दावाद भन्दै सुन्धारामा नाराबाजी
प्यालेस्टाइनमा भएको इजरायली आक्रमणको विरोध गर्दै एक समूहले काठमाडौँमा प्रदर्शन गरेको छ ।
'प्यालेस्टाइन साेलिडारीटी नेपाल' को ब्यानरमा अभियन्ताहरूले आज दिउँसो सुन्धारामा विरोध कार्यक्रम गरेका हुन् । 'ईजरायली जनसंहारविरुद्ध ऐक्यवद्धता जनदवाब' भनिएको उक्त कार्यक्रममा बृहत् नागरिक अभियानका पुष्कर गाैतमको नेतृत्वमा एक दर्जन मान्छे उपस्थित थिए ।
'मानवताविरुद्ध दुई वर्षदेखि निर्मम प्रहार भैरहँदा पनि मौन बस्नेहरूलाई कायर नभनेर के भन्ने ?', 'गाजा डन्ट यू क्राइ, विइ विल नेभर लेट यू डाई' लेखिएको ब्यानर र प्लेकार्ड देखाएका प्रदर्शनकारीले चर्का नारा पनि लगाए ।
उनीहरुले 'फ्रि प्यालेस्टाइन', 'डोनाल्ड ट्रम्प मूर्दावाद', 'ईरानमाथिको आक्रमण बन्द गर', 'गाजा नरसंहार बन्द गर', 'अमेरिकी साम्रज्यवाद मूर्दावाद' जस्ता नारा लगाएका छन् ।
टिप्पणीहरू