माघे संक्रान्तिपछि टिचिङ हस्पिटलमा बिरामीको बिजोग

माघे संक्रान्तिपछि टिचिङ हस्पिटलमा बिरामीको बिजोग

त्रिभुवन विश्वविद्यालय,शिक्षण अस्पताल,महाराजगञ्जले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने भएको छ । बीमा बोर्डले अस्पताललाई रकम उपलब्ध नगराएपछि सेवा रोक्न बाध्य हुनुपरेको अस्पतालको भनाइ छ ।

जारी सूचनामा स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर बोर्डले सोवापतको रकम उपलब्ध नगराएको उल्लेख छ । मासिक औसत ५ करोड खर्च भए पनि बोर्डले ५० प्रतिशत मात्रै दाबी रकम उपलब्ध गराएकाले उपचार गर्न नसकिने अवस्था उत्पन्न भएको अस्पतालको दाबी छ । 

लेखिएको छ, ‘हालसम्म अस्पतालको बीमा दाबी रकम झण्डै ४० करोड भुक्तानी बाँकी छ ।’ अस्पताल र बीमा बोर्डको सेवा शुल्क फरक रहेकोमा २ वर्षदेखि आग्रह गर्दा पनि सुनुवाई नभएपछि अस्पतालले आन्तरिक स्रोतबाट मासिक २ करोड घाटा व्यहोरेर सेवा प्रदान गर्न नसकिने जनाएको छ ।

टिप्पणीहरू