गणतन्त्रलाई बदली गर्न सक्छ र राजतन्त्रले ?
त्यो दिन र रात अर्थात् २०६५ साल जेठ १५ गते काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र ( त्यतिबेलाको संविधानसभा ) मा बितेको थियो । गणतन्त्र घोषणा हुने खुसीयालीमा नागरिकहरु नाचगान गरिरहेका थिए । हामी भने दलका शीर्ष नेता र सांसदहरूले कतिबेला गणतन्त्र घोषणा गर्लान् र समाचार तयार पारौँला भनी कुरी बसेका थियौँ । नेताहरूले फेरि पनि मध्यराति घोषणा गरे गणतन्त्रको । त्यही दिनदेखि २४० वर्षको शाहवँशीय राजतन्त्र विधिवत् अन्त्य भयो । हाम्रा आँखा झिमिक्क पनि हुन पाएनन् । राष्…