आउँआउँ कि जाउँजाउँ वामदेव ?
नेपाली वामपन्थी जाति एकअर्कालाई गालीगलौज र बदनामी गर्नमा माहिर छन् । दुर्नाम र बदनाम पनि छन् । यतिखेर उनीहरूभित्रका एक खेलाडीको चलखेल अर्को लाजमर्दो चरणमा पुगेको छ । कम्युनिष्ट गुट र फुटको एक ज्वलन्त पर्याय बनेका वामदेव गौतमले आफैँलाई कम्युनिष्ट एकताको महानायक घोषणा गरेर एकता केन्द्र यतिखेर यो दलमा गएर मिसाउँ कि अर्को दलसँग जोडिऊँ भनेर रनभुल्ल छन् । मन्दिरमा झुण्ड्याइएको घण्टको रालो भक्तले जता तान्यो त्यतै पुगेर हल्लिएझैँ वामदेव गौतम कहिले यता, कहिले उताको भाउन्नले रनभुल्ल पर…