सबैले झिल्के ठान्ने उमेर सोह्र
शायद सोह्र वर्षदेखि जवानी शुरु हुने भएर होला, बुढेशकाल लागेकाहरूले आफ्नो जवानी सम्झन पर्दा यही वर्ष दिमागमा ल्याउँछन् । सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ, अहिले पो बुढो भइयो त भनेका होइनन् । मलाई भने यो जोवन एक वर्षअगाडि नै आएजस्तो भयो । एसएलसीको परीक्षा दिन फाराम भर्दा सोह्र वर्ष पुग्नुपर्ने, पन्ध्र वर्षमै तयार भइयो । त्यहीअनुसार नागरिकता पनि बनाइयो । परीक्षाफल आएर कलेज पुग्दा बल्ल सोह्र टेकियो ।
संसारका धेरै देशमा १६ वर्षलाई धेरै क्षेत्रमा स्वतन्त्र हुने उमे…