स्वास्थ्य

विपी अस्पताललाई काठमाडौं महानगरको ५० हजार जरिवाना

काठमाडौं महानगरपालिकाले बसुन्धरामा रहेको विपी स्मृति अस्पतालको फोहोर संकलन कार्य रोकेको छ । अस्पतालबाट उत्पादित हानिकारक फोहोर व्यवस्थापनमा गम्भीर लापरबाही गरेको जनाउँदै महानगरले फोहोर संकलन कार्य रोकेको जनाएको छ । महानगरका अनुसार अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्रसमेत पठाइएको छ । अस्पतालले फोहोर व्यवस्थापन नगरी धेरै दिनसम्म कम्पाउण्डमा थुपारेर राखेको गुनासोपछि महानगरको वातावरण व्यवस्थापन विभागको टोली त्यहाँ पुगेपछि उक्त निर्णय गरिएको जनाएको छ ।   …

Page 6 of 35