मन्त्रालय घेराउपछि डाक्टरहरु प्रशासन कार्यालयतर्फ

आवासीय चिकित्सकलाई सेवा सुविधामा विभेद गरिएको भन्दै सडक संघर्षमा उत्रिएको नेपाल चिकित्सक संघले आज स्वाथ्य मन्त्रालय घेराउ गरेको छ ।
हिजो पत्रकार सम्मेलन गरेर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका डाक्टरहरुले आज रामशाहपथस्थित मन्त्रालयको गेटमा धर्ना दिएका हुन् । सो क्रममा उनीहरुले ‘श्रम शोषण बन्द गर !’, ‘मेडिकल माफिया, मुर्दावाद !’ जस्ता नारा लगाए ।
चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकलाई आठौँ तहसरह तलब दिने निर्णय गरेपनि कार्यान्वयन नभएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । यसअघि चैत ३१ गते माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम दिएका थिए । तर, सरकारले कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिन बाध्य भएको चिकित्सकहरु बताउँछन् ।
आजै देशभरका सिडिओ कार्यालय घेराउ गर्ने कार्यक्रमअन्तर्गत मन्त्रालयको धर्नामा रहेको चिकित्सक टोली जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेको छ । २४ घन्टाभित्र माग सम्बोधन नभए आकस्मिक बाहेकका सेवा रोक्ने संघको चेतावनी छ ।
तस्बिरहरु
टिप्पणीहरू