पोखरा नगरबासीलाई स्वस्थ राख्न थप प्रयास

नगरबासीलाई स्वस्थ राख्ने उद्देश्यले पोखरा महानगरपालिकाले ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा’ सञ्चालनमा ल्याएको छ । महानगरले नियमित रोग, प्राणायाम र ध्यानका कक्षाहरु सञ्चालन गर्ने गरी शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
मेयर धनराज आचार्यले वडा नम्बर ८, सृजनाचोकस्थित पुरानो वडा कार्यालयको भवनमा शाखाको शुभारम्भ गरेका छन् । सो अवसरमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको महानगरले जनाएको छ ।
व्यस्त जीवनशैलीका बाबजुद स्वास्थ्य र मानसिक रुपमा तन्दुरुस्तीका लागि आवश्यक योग तथा ध्यानका लागि आयुर्वेद एवम् वैकल्पिक चिकित्सा शाखा सञ्चालनमा ल्याइएको मेयर आचार्यले बताए । योग्य योग प्रशिक्षकहरुद्धारा योग तथा ध्यानका कक्षाहरु सञ्चालनमा ल्याउने जानकारी दिइएको छ ।
टिप्पणीहरू