भोलिदेखि डाक्टरहरुले बिरामी जाँच्ने

भोलिदेखि डाक्टरहरुले बिरामी जाँच्ने

आन्दोलित नेपाल चिकित्सक संघ र सरकारबीच सहमति भएको छ । आजको सहमतिपछि भोलिदेखि सबै चिकित्सकहरु काममा फर्कने भएका छन् । 

स्वास्थ्य मन्त्रालयसँग भएको सहमतिमा विशेषगरी आवासीय चिकित्सकहरूको मागको सम्बन्धमा चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाबारे कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्ने भनिएको छ । 

सम्झौतापछि आवासीय चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन् ।

टिप्पणीहरू