हिरोइनहरूलाई राजनीतिको रहर, तर छैन भर
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका अभिनेत्रीहरू एकपछि अर्को गर्दै राजनीतिक मञ्चमा प्रवेश गर्न थालेका छन्। तर, उनीहरूको प्रवेशलाई राजनीतिक दृष्टिकोणभन्दा पनि रहरको राजनीतिका रूपमा हेरिएको छ।
अभिनेत्री रीमा विश्वकर्माले उज्यालो नेपाल पार्टीका लागि सनाखत गरेकी छन्। पार्टीको केन्द्रीय सदस्य बनेकी उनले आज निर्वाचन आयोग पुगेर सनाखत पत्रमा हस्ताक्षर गरेकी हुन्।
कार्यक्रम प्रस्तोता समेत रहेकी रीमा यसअघि नेकपा (एमाले) निकटको रुपमा परिचित थिइन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ब…