यमपञ्चक हिजै साँझदेखि शुरु, आज काग तिहार मनाइँदै
आजदेखि हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार शुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार आज मनाइँदै छ । यमराजका दूत ठानिने कागलाई मीठा–मीठा परिकार खुवाइँदै छ ।
हाम्रो समाजमा कागलाई शुभ सन्देशको प्रतीकका रूपमा लिइन्छ । विशेषगरी आजका दिन कागलाई दहीभात खुवाउने चलन छ।
तिथि घटबढ अनुसार यमपञ्चक हिजो बेलुकीदेखि नै शुरु भएको छ । हिजो धनतेरस पर्व मनाइएको छ। भोलि बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, पर्सि गाइतिहार, बुधबार म्हःपूजा र गोवर्धन पूजा मनाइँदै छ । सोही दिन नयाँ नेपाल संवत शुरु हुन्छ । बिहीबार भाइटीका रहेको छ ।
टिप्पणीहरू